धरान । मुटु रोगबाट पिडित भोजपुर जिल्लाको आमचोककी अनु रानालाई टिकटक युजरहरुको समुह नेपाली हट टिकटक ग्रुपले उपचारमा सहयोगका लागि ६५हजार भन्दा वढी रकम उपलव्ध गराएको छ ।

     सामाजिक सञ्जाल टिकटक प्रयोगकर्ताहरुको समुह नेपाली हट टिकटक ग्रुपले समयसमयमा सामाजिक कार्यका क्षेत्रमा महत्वपुर्ण योगदान गर्ने गरे बमोजिम नै आर्थिक अवस्था कम्जोर रहेकी अनु रानालाई उपचारका लागि सहयोग पुरयाउने उद्धेश्यले सहयोग गरेको हो ।BK9A8035

     मुटु रोगबाट पिडित रानाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । आर्थिक अवस्था कम्जोर भएका कारण उपचारमा समस्या भोग्दै आइरहेको राना परिवारलाई केही हद सम्म राहत प्राप्त होस भनेर सहयोग गरिएको नेपाली हट ग्रुपका उमेश गौतमले वताए । BK9A8034 1रानालाई टिकटक प्रयोगकर्ताहरुबाट संकलन गरिएको ६६हजार ३सय १० रुपैया एक कार्यक्रमका विच हस्तान्तरण गरियो ।  टिकटक ग्रुपका केन्द्रीय सदस्य कार्यक्रम संयोजकत्व  अर्जुन भट्टराई र  ग्रुपका  केन्द्रीय अध्यक्ष डिल्लीराज पराजुली ,स्थानीय  संयोजक गिता कटुवाल लगायतको रकम हस्तान्तरण कार्यक्रममा सहभागिता रहेको थियो । BK9A8031