इटहरी । उद्योग वाणिज्य संघ इटहरीले व्यवसायिका समस्या समाधान गर्न तालिम प्रशिक्षण तथा अन्तरकृया कार्यक्रमको इटहरी  आयोजना  गरेको छ । उद्योग वाणिज्य संघ इटहरीले इटहरीका वस्तुगत व्यवसायिक संघ संस्थामा आइपर्ने कर सम्बन्धी समस्या सहजिकरणका लागी कर तथा राजश्व भी सी टी एस सम्बन्धी तालिमको आयोजना गरेको हो । केहि समय अगाडी उद्योग वाणिज्य संघ इटहरीले २२ वटा वस्तुगत संघसंस्था सँग गरेको अन्तरकृया अनुरुप मदिरा ,होटल र रेडिमेड व्यवसायी संघबाट पत्र आएपश्चात संघले तालिमको आयोजना गरेको जनाइएको छ । IMG_20230326_194829नयाँ शीर्षकमा जरिवाना तिर्नुपर्ने,राजश्व कर बुझाउने सम्बन्धमा देखापर्ने समस्या लगायतका बिषयमा सहजिकरण गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले बताएका छन । उक्त कार्यक्रम मार्फत उद्योगी व्यवसायिहरुलाइ तालिमको सुरुवात गरिएको साथै अन्य संस्थाले पनी सुझाव माग गरेको खण्डमा अन्य सहजिकरण गर्दै जाने उनले विश्वास व्यक्त गरे । 

व्यसायी र राजश्व कार्यलय बिच मिसम्याचको समस्या उत्पन्न हुने गरेको बताउँदै आन्तरिक राजश्व कार्यलय इटहरीका प्रमुख अर्जुन न्यौपानेले मिसम्याच रकम बुझाउने कार्यमा स्वयम व्यवसायीले समेत तदारुकता देखाउनुपर्ने बताएका छन । साथै उनले मिसम्याचको समस्या समाधान तथा सहजीकरणका लागी आन्तरिक राजश्व कार्यलय इटहरी परिसरभित्र हेल्प डेस्कको स्थापना गरिने पनी बताएका छन । IMG_20230326_194900

यस्तै,कारोवार गर्दा स्टोक राम्रोसँग व्यवस्थापन गर्नुपर्ने, बिल उपलब्ध गराउनुपर्ने लगायतका विषयमा जानकारी गराउँदै राजश्व अनुसन्धान कार्यलयका कार्यकारी प्रमुख सुरेश आचार्यले कानुनको दायित्व र दायराभित्र रहेर कारोवार गरेमा राजश्व अनुसन्धान कार्यलयको व्यवसायीले ढोकामा जान नपर्ने तालिममा जनकारि दिए  । 

तालिममा विल दिने कुरामा सानो त्रुटीका कारण जरिवानामा पर्न सक्ने समस्या , कारोवार गर्दा अपनाउनुपर्ने उपाय,सचेतना लगायतका विषयमा व्यवसायीहरुलाइ अवगत गराइएको थियो । व्यवसायीलाइ कर राजश्व बुझाउने सम्बन्धमा सहजीकरण गर्नेगरी शोमवार देखी सञ्चालनमा आउने हेल्प डेस्क चैत्र मसान्तसम्म रहने पनी सो अवसरमा जानकारी गराइयो ।