इटहरी । नेपालमै सबै भन्दा सस्तो र भरपर्दाे इन्टरनेट सेवा दिदै आएको दावी गर्ने इन्टरनेट सेवा प्रदायक वाई फाई नेपालले आफनो सेवा सुनसरीको इटहरी र धरानमा पनि विस्तार गर्ने भएको छ ।   सुनसरीको इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरि वाई फाई नेपालले आफनो सेवा इटहरी र धरानमा विस्तार गर्न लागेको जानकारी गराएको हो । काठमाण्डौ र पोखरा उपत्यकामा सफलता पूर्वक सेवा प्रवाह गर्दै आएकोमा आफनो सेवालाई विस्तार गर्ने क्रममा सुनसरीको इटहरी र धरान छनौटमा परेको सो अवसरमा जानकारी गराइयो । घरायसी तथा व्यापारिक ग्राहकहरुको आवश्यकताहरुलाई ध्यानमा राख्दै वाई–फाई नेपालले थुप्रै अफर तथा इन्टरनेटका प्याकेजहरू ल्याएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो । वाई–फाई नेपालबाट अहिले ५० एम. बि. पि. एस. स्पीडको इन्टरनेटको प्रति महिना ३ हजार ३३ रुपैया र  ८० एम. बि. पि. एस. स्पीडको प्रति महिना  ५सय रुपैयामा  मुल्य अभिवृद्धि कर बाहेक लिन सकिने जनाइयो  । सुनसरीको धरान र इटहरीबाट सेवा विस्तार गर्न लागेको कम्पनीले इटहरी वडा नम्बर ४ शान्ति टोल र धरान वडा नम्बर १को सुन मार्गमा कार्यालय स्थापना समेत गरिसकेको पत्रकारहरुलाई जानकारी गराइयो । २ दशक भन्दा बढी समय इन्टरनेट सेवा सञ्चालनमा अनुभव भएका कम्पनीका कार्यकारी अधिकृत सत्रुहन पञ्जियारका  उच्च गुणस्तरको वाई–फाई नेपालको सेवा विस्तार, इटहरी तथा धरानबाट सुरुवात गर्न पाएकोमा आफूहरु  उत्साहित  भएको वताए । वाई फाई नेपालले पुर्वका अन्य ठाउँहरुमा पनि आफनो सेवा विस्तार गर्दै लैजाने पत्रकार सम्मेलनमा जानकारी गरायो ।