सोलुखुम्बु । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सञ्चालन गरिरहेको पार्टी सुढृढिकरण तथा विस्तार अभियान मिसन ग्रासरुट अन्तरगतमा कार्यक्रमहरु कोशी प्रदेशमा पनि सञ्चालन भइरहेका छन ।

 यही चैत्र ५ गते देखि सुरु भएको मिसन ग्रासरुट अभियान अन्तरगत कोशी प्रदेशको सोलुखुम्बुमा कार्यक्रम आयोजना गरियो ।IMG_20230325_134954

मिसन ग्रासरुट अन्तरगत सोलुखुम्बुमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथी एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इञ्चार्ज राजेन्द्र प्रसाद गौतमले पार्टीमा सदस्य वढेको वढे भएपनि स्कुलिगं कम्जोर रहेका भन्दै पार्टीको स्कुलिगंबाट प्रशिक्षण वढाउनु पर्नेमा जोड दिए । प्रमुख अतिथी गौतमले पार्टीको महाधिवेशनबाट पारित नीति सिद्धान्त कार्यदिशा पार्टीको तल देखि माथी सम्म नीतिगत फैशलाबाट प्रशिक्षित गर्नु अभियानको मुख्य लक्ष्य भएको वताए ।                                                  एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका  प्रदेश अध्यक्ष तुलसी न्यौपाने, सामाजिक मन्त्री बुद्दीकुमार राजभण्डारी सोलुका नेता कार्यकर्ताहरुको उल्लेखिय सहभागिता रहेको थियो ।