कटारी   ।   उदयपुरको कटारीमा रहेकोे  जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको शाखा कार्यालयले एक दिने अन्तर्क्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  कटारीको माछापुच्छ्रे होटेलमा भएको कार्यक्रममा कटारी नगरपालिकाका उप प्रमुख श्री गिता खड्का ,११ नं. वडा का वडाअध्यक्ष श्री अनन्त हायु सहित ४४ जना ग्राहक सदस्यहरु  कटारी साखा प्रमुख शुसिल कुमार सिठुङ र जिल्ला प्रमुख बिश्वास श्रेष्ठ लगायत पत्रकारहरुको पनि उपस्थिति रहेको थियो । सोही कार्यक्रममा कटारी ११ निवासी दुबै मृगौल पीडित प्रेम बहादुर कार्किको स्वास्थ्य उपचारको लागी संस्थाबाट चालिस हजार रुपैया नगद समेत सहयोग प्रदान गरिएको साखा प्रमुख शुसिल कुमार सिठुङले बताउनु भयो ।