ओखलढुंगा । नेकपा एमालेले कोशी प्रदेशमा मिसन ग्रासरुटलाइ अगाडी बढाउने क्रममा ओखलढुङगामा पनी मध्यवधिक समिक्षा बैठकको आयोजना गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी ओखलढुङगाले आयोजना गरेको बैठकमा गाउँ कमिटी,वडा कमिटी विस्तार तथा ग्रासरुट अभियानको प्रतिवेदनहरु गाउँ कमिटीद्धारा प्रस्तुत गरिएको थियो । पार्टीका जिल्ला कमिटी अध्यक्ष शंकर बहादुर कटुवालको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सचिव टोप बहादुर रायमाझीको प्रमुख आतिथ्यतामा बैठक आयोजना गरिएको थियो । IMG_20230324_121956कार्यक्रममा पार्टीका कोशी इन्चार्ज राजेन्द्र गौतम,कोशी प्रदेश पार्टी अध्यक्ष तुलसी न्यौपाने लगायत पार्टीका विभिन्न जनवर्गिय तथा पेशागत संगठनका पदाधिकारी सहितकोे उपस्थीती रहेको थियो । एमालेले फागुन ५ गतेदेखि मिसन ग्रास रुट अभियान शुरु गरेको हो भने अभियान आगामी बैशाख ९ गते अर्थात पार्टी स्थापना दिवससम्म संचालन हुने बताइएको छ । कार्यक्रममा नेकपा  केन्द्रीय सचिव टोप बहादुर रायमाझी,प्रदेश अध्यक्ष तुलसी न्यौपाने,केन्द्रीय सदस्य तैयाव हुसैन लगायत पार्टीका नेता कार्यकर्ता लगायतको सहभागीता रहेको थियो ।