खोटागं । देशको समृद्धि नचाहने जनताको हित नचाहने शक्ती केन्दहरु देशलाई अस्थिर वनाएर आफनो स्वार्थ पुरा गर्न लागि रहेको नेकपा एमालेका सचिव टोप वहादुर रायमाझीले वताएका छन ।

 एमालेको  पार्टी सुद्धृढिकरण तथा विस्तार अभियान मिसन ग्रासरुट अभियान अन्तरगत खोटागंको दिक्तेलमा आयोजित कार्यक्रमका प्रमुख अतिथी एमाले सचिव रायमाझीले देशलाई अस्थिर वनाएर स्वार्थ पुरा गर्न खोज्नेलाई त्यसो गर्न नदिन आफुहरु एकतावद्ध हुनु पर्ने र अरु पार्टीका मानिसहरु पनि पार्टीमा ल्याउनु पर्नेमा जोड दिए ।     IMG_20230323_135135                                 एमाले खोटागंका अध्यक्ष रामप्रसाद दंगालको अध्यक्षता रहेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुलाई एमाले सचिव रायमाझी लगायतका अतिथीहरुले स्वागत गरेका छन भने कार्यक्रममा एमाले कोशी प्रदेश इञ्चार्ज राजेन्द्र गौतम अध्यक्ष तुलसी न्यौपाने लगायतका नेताहरुको सहभागिता रहेको थियो ।