खोटागं । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले खोटागंको दिक्तेलमा रहेको सरस्वती माध्यमिक विद्यालयको अनुगमन गरेका छन ।

   सरकारी स्तरबाट सञ्चालन भइरहेको सामुदायिक विद्यालयको  भौतिक प्रगती र पठन पाठनका विषयमा मन्त्री राजभण्डारीले अनुगमन गरेका हुन ।

अनुगमनका क्रममा विद्यालयमा विद्यार्थी संख्या पनि धेरै र भौतिक प्रगति र विद्यार्थी  विद्यार्थी संख्या पनि राम्रो रहेको आफुले जानकारी पाएको मन्त्री भण्डारीले जानकारी गराए ।IMG_20230323_072944 विद्यालयले आफुसंग साइन्स ल्यावको माग गरेको र आफुहरु रहिरहेर बजेट ल्याउन पाए साइन्स ल्यावका लागि सहयोग गर्ने प्रतिवद्धता समेत मन्त्री राजभण्डारीले सो अवसरमा गरे ।

विद्यालयका प्रध्यानाध्यापक केशकुमार राईले कक्षा १ देखि १२ सम्मको विद्यालयमा पठनपाठन हुने गरेको र आगामी दिनमा कक्षा ११ र १२मा साइन्स समेत पठाउने योजना रहेकाले साइन्स ल्यावको अभाव रहेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएको वताए ।

खोटागं जिल्लामा रहेका पुराना सामुदायिक विद्यालयहरुमै पर्ने सरस्वती माविमा पछिल्लो समय विद्यार्थीहरुको आकर्षण वढ्न थालेको छ ।