उदयपुर । नेकपा एमालेले कोशी  प्रदेशमा पनी मिसन ग्रासरुटलाइ तीब्रताका साथ अगाडी बढाइरहेको छ ।  सोही मिसन ग्रास रुट अभियान अन्र्तगत बुधवार उदयपुरको त्रियुगा नगरपालिकामा एक कार्यक्रमको आयोजना गरिएको हो । नेकपा एमाले संघिय निर्वाचन समन्वय समिति क्षेत्र नम्बर १ ले मिसन ग्रासरुट पार्टी सुद्धृढीकरण तथा विस्तारित अभियान चौथो विस्तारित बैठक बैठक तथा प्रसशक्षण कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा बोल्दै कोशी प्रदेशका सामाजिक बिकास मन्त्री बुद्धि कुमर  राजभण्डारीले आफुमात्र नभइ पार्टीलाइ नै अगाडी बढाएर लैजानुपर्नेमा जोड दिएका थिए । पार्टीले संचालन गरेको कार्यक्रममा कार्यकर्ताको ग्रास रुट पङ्ती निकै उत्साहित भएको उनले प्रतीकृया दिएका थिए । IMG_20230322_131447_1पार्टी सुद्धीढीकरणका लागी सञ्चालनमा ल्याइएको मिसन ग्रासरुटले पार्टीलाइ थप शक्तीशाली र प्रभावशाली नेतृत्वयुक्त बनाउन अहम भुमिका खेल्ने विश्वास व्यक्त गरेका छन । पार्टीका विभिन्न जनवर्गिय तथा पेशागत संगठनका पदाधिकारी सहीतको उपस्थीतिमा आयोजित कार्यक्रमका वक्ताहरुले गठन भएका कमिटिहरु सक्रियता भए नभएको बारे जानकारी लिने र पार्टीको अवस्थाबारे यथार्थ र वस्तुनिष्ठ मूल्याङ्कन हुने भएकाले यस अभीयानले प्रभावकारीता पाउनेमा जोड दिएका थिए । एमालेले फागुन ५ गतेदेखि मिसन ग्रास रुट अभियान शुरु गरेको हो भने अभियान आगामी बैशाख ९ गते अर्थात पार्टी स्थापना दिवससम्म संचालन हुने बताइएको छ । कार्यक्रममा नेकपा  केन्द्रीय सचीव टोप बहादुर रायमाझी,प्रदेश अध्यक्ष तुलसी न्यौपाने,केन्द्रीय सदस्य तैयाव हुसैन लगायत पार्टीका नेता कार्यकर्ता लगायतको सहभागीता रहेको थियो ।