धनकुटा । स्वास्थ्य कार्यक्रमको प्रदेश स्तरिय अर्धबार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीधनकुटामा सम्पन्न  भएको छ । 

स्वास्थ्य निर्देशनालय धनकुटाको फागुन ११ गतेको निर्देशक स्तरीय निर्णय र स्वास्थ्य मन्त्रालय कोशी प्रदेश विराटनगरको फागुन २८ गतेको सचिव स्तरीय निर्णयानुसार उक्त गोष्ठि स्वास्थ्य निर्देशानालय धनकुटामा सञ्चालन भएको  थियो  । 

स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुको प्रमुख अभिभावकत्वमा उद्घाटन गरिएको उक्त कार्यक्रममा आर्थिक बर्ष २०७९÷८० को अर्धबार्षिक अवधिमा सञ्चालित स्वास्थ्य कार्यक्रमहरू एवं बजेटको भौतिक तथा वित्तिय प्रगतीको प्रदेशस्तरीय अर्धबार्षिक समीक्षा तथा आर्थिक बर्ष २०८०÷८१ मा सन्चालन हुने स्वास्थ्य कार्यक्रमहरुका बार्षिक बजेट योजना तथा तर्जुमा कार्यक्रम लगायतका विषयमा समिक्षा गरिएको छ।

सोहि अवसरमा चाडै डाईलेसिस मेसिन जिल्ला अस्पताल धनकुटालाई उपलब्ध गराउने नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग महाशाखा प्रमुख डाक्टर सर्भे शर्मा बताउनुहुन्छ । IMG20230319133642

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै जिल्ला अस्पताल धनकुटामा ब्लट बैंक राख्न नसक्नु, आईसियु र भ्यान्टिलेटर सञ्चालनमा आउन नसक्नु, सबैभन्दा ब्यथितिले ग्रसित मन्त्रालय स्वास्थ्य मन्त्रालय रहेको र निर्देशन बमोजिमको काम नभएकोलगायतका समस्या एकैचोटी समाधान गर्न नसक्ने हुनाले योजनामै राख्न टिपोट गरेको स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बु बताउनुहुन्छ । 

उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कोशी प्रदेशभरि निर्देशन बमोजिमको काम नभएकाले  प्रमुख अभिभावक स्वास्थ्य मन्त्री लिम्बुले आफुले दिएको निर्देशन बमोजिमको काम कार्यान्वयन गर्न आफ्नो मातहतका प्रदेश भरिका कार्यालय प्रमुखहरुलाई निर्देशन गर्नु भएको छ । IMG20230319152943

स्वीकृत दरबन्दी अनुसार कर्मचारी अपुग, कार्य विवरण नहुनु, बजेट तथा योजना तर्जुमामा छलफलमा कमी, अधिकार प्रत्योजन नहुनु, कार्यालयको जवाफदेहितामा कमी, अनिवार्य दायित्वको बजेट कटौतीले समस्या, समन्वयको अभाव लगायतको समस्या र चुनौती रहेको कोशी प्रदेश निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर वस्नेतले प्रदेशस्तरीय कार्यपत्र प्रस्तुतका क्रममा जानकारी दिनुभयो । 

कोशी प्रदेशका १४ जिल्ला स्थित स्वास्थ्य संस्था, आयुर्वेद केन्द्र, अस्पताल र स्वास्थ्य कार्यालय प्रमुखहरुको सहभागिता रहेको कार्यक्रमले आगामी दिनमा कस्तो कार्यक्रम राख्दा जनमुखि बन्छ, नतिजामुखि बनाउन सकिन्छ लगायतका विषयमा छलफल गरिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त स्वास्थ्य निर्देशक बस्नेत बताउनुहुन्छ ।