धनकुटा । नगरक्षेत्रको सरसफाईमा जोड दिदै धनकुटा नगरपालिकाले सरसफाई अभियान सुरु गरेको छ ।

    धनकुटा नगरपालिका क्षेत्रलाई थप सफा सुन्दर वनाउन सरसफाई अभियान सञ्चालन गरिएको हो ।

   सरसफाई अभियान अन्तरगत अहिले ठाउँठाउँमा सरसफाइ गर्न थालिएको छ । सरसफाई अभियान सफल वनाउ नगरप्रमुख चिन्तन तामागं धनकुटाका प्रमख जिल्ला अधिकारी लिला केसी , धनकुटाका प्रहरी प्रमुख कृष्णप्रसाद कोइराला, नेपाली सेनाको भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापा लगायतका सरकारी तथा गैरसरकारी संघसंस्था, स्थानीयवासी कुचो लिएर सरसफाई गर्दै आएका छन । सरसफाई अभियान अन्तरगत पहिलो दिन पर्डेप नेपालको सहकार्यमा बसपार्क ,जिरोप्वाइन्ट ,रमाइलो घुम्ती ,परिचयमोड लगायत बजार तथा सडक क्षेत्र सरफाई गरियो ।IMG_4794

   सफाईमा जोड दिदै आएको धनकुटा नगरपालिकाले चैत्र महिना सम्म सरफाई सम्वन्धी सचेतना अभियान सञ्चालन गर्ने जनाएको छ । सरसफाईमा विशेष जोड दिदै आएको नगरपालिकाले आगामी बैशाख देखि जथाभावी रुपमा नगरक्षेत्रमा फोहोरमैला गर्नेलाई जरिवना लगायतका कानुनी कारवाही गर्ने तयारी समेत गरेको छ । IMG_4783

नगरपालिका क्षेत्रमा  फोहोर गर्नेलाई पाँच हजारदेखि ५० हजारसम्म जरिबाना गर्न सक्ने कानूनी व्यवस्था रहेको छ । मुलुककै सफा सहरका रुपमा परिचित धनकुटा २०७४ सालमा देशभरको सबैभन्दा सफा सहरका रुपमा नेपाल सरकारले नगद सहित  पुरस्कृत गरेको थियो । धनकुटा नगरले हालसम्म नगर क्षेत्रका २ हजार ६ सय घरधुरीलाई फोहोर फाल्ने डस्टबिन वितरण गरेको छ । नगरका सार्वजनिक स्थानहरुमा पनि ९ सय ५० वटा डस्टबिन राखेर फोहोर संकलन गरी फोहोरमैला व्यवस्थापन केन्द्रमा लगेर फोहोर व्यवस्थापन गर्ने  गरेको छ ।