इटहरी । पूर्विय संस्कार तथा वैदिक दर्शनमा आधारित भएर विद्यार्थीहरुलाई  शिक्षा प्रदान गर्दै आएको नेपाल दयानन्द वैदिक मिसन ग्लोवल एकेडेमी इटहरीले विविध कार्यक्रमको आयोजना गरी  अभिभावक दिवस मनाइएको छ । संस्कारयुक्त शिक्षामा जोड दिदै आएको नेपाल दयानन्द वैदिक मिसन ग्लोवल एकेडेमीले अभिभावक दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान , शैक्षिक , विज्ञान प्रदर्शनी र सांस्कृतिक कार्यक्रमको आयोजना गरि मनाएको हो ।IMG_20230317_130218

अभिभावक दिवसका अवसरमा डिभिएम एकेडेमीले इटहरी क्षेत्रका १३ जना ८० वर्ष पुरा गरेका जेष्ठ नागरिकहरुलाई सम्मान गर्याे । त्यसै गरी पत्रकारिताका माध्यमबाट सामाजिक विकासमा योगदान पुर्याएको भन्दै नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष समेत रहेका पवन अधिकारी साथैै शिक्षा साहीत्यको षेत्रमा योगदान पुर्याएको भन्दै मोहन तीम्सीनालाइ सम्मान गरीएको थियो । IMG_20230317_134530सोही अवसरमा विद्यालयमा कार्यरत पाँच जना शिक्षक र चार जना कर्मचारीहरुलाई समेत उत्कृष्ट शिक्षक तथा कर्मचारीका रुपमा सम्मान गरिएको हो । डिभिएम एकेडेमी इटहरीका अध्यक्ष धु्रव सुब्बाको अध्यक्षता तथा छिमेकी मुलुक भारतको पतञ्जली विश्वविद्यालयका निर्वतमान उपकुलपति , डिभिएम सोसाईटीका सस्थापक डा.वाचस्पति कुलावंतको प्रमुख आतिथ्यमा रहेको अभिभावक दिवसमा शैक्षिक ,साथै सांस्कृतिक कार्यक्रम आयोजना गरियो । IMG_20230317_125949_1विज्ञान प्रर्दशनी अन्तरगत विद्यार्थीहरुद्धारा कागज लगायतको प्रयोगबाट बनाइउका भौतीक संरचनाको नमुना,सेन्सर डस्टबीन,मानव शरीर लगायत खाद्यवस्तु पुस्तकको प्रदर्शनी गरीएको थियो । संस्कारयुक्त शिक्षामा जोड दिदै विद्यार्थीहरुलाई पुर्विय संस्कार तथा वैदिक दर्शनमा आधारित भएर पाठयक्रम , व्यवहारिक , प्रविधियुक्त शिक्षा दिदै आएको एकेडेमीका प्रध्यानाध्यापक डा.वेणु सिटौलाले जानकारी दिए ।IMG_20230317_200907 1

डिभिएम एकेडेमीमा योगा, छात्राहरुका लागि आत्मरक्षा कक्षा, पूर्विय दर्शनका कक्षा , फाइन आर्टस , नृत्य , म्युजिक , पाक शिक्षा, सामान्य सिलाई कटाई ,फोटोग्राफि लगायतका पाठ्यक्रम , सामाजिक , व्यवहारिक , तथा प्रविधि लगायतका विषयको पठनपाठन र सिकाई  हुदै आएको छ ।