इटहरी । इटहरी ६ मा रहेको सन्तोषी बचत तथा ऋृण सहकारी संस्थाले आफ्नो १५औं बार्षिक उत्सव माया घर नेपालमा मनाएको छ ।

 १५औं बार्षिक उत्सवको अवसर पारेर संस्थाले इटहरी २ मा रहेको मा रहेको मायाघर नेपालमा आश्रितहरुका लागि खाद्यान्न तथा बालिकाहरुकालागि शैक्षिक सामांग्री हस्तान्तरण गरि संस्थाले बार्षिक उत्सव मनाएको हो । 

संस्थाले मायाघर नेपालमा आश्रिातहरुका लागि जुस,हर्लिक्स,बिस्कुट,सरफ,साबुन लगायत कपी पेन्सील,इरेजर,साप्नर लगायतका सामाग्रीहरु माया घर नेपालकी सचिव सुभद्रा प्याकुरेललाई  हस्तान्तरण गरेका थिए ।  

संस्थाले समाजिक कार्यलाई पनि प्राथमिकतामा राखेको हुदा मायाघरमा आश्रितहरुकालागि सहयोग गरेको संसथाका अध्यक्ष नवराज बुढाथोकीले जानकारी दिए । WhatsApp Image 2023-01-31 at 17.45.02(1)

माया घर नेपालमा विभिन्न उमेर समुहका असमर्थ असक्त, अपाङ्ग र मानसिक सन्तुलन गुमेर सडकमा आएकाहरुलाई  उद्धार गरी माया घर नेपालले औषधी उपचार सहितको गाँस, बाँसको व्यवस्था गर्दै आई रहेको छ । हाल सम्म मायाघर नेपालमा १०२ जनाले आश्रय लिईरहेका छन । सो वार्षिक उत्सवमा उपाध्यक्ष सिताराम सापकोटा,सह व्यवस्थापक मणी कार्की लगायतका सदस्यहरु ललिता श्रेष्ठ,सरिता दाहाल तथा कर्मचारी लगायतकोसहभागिता रहेको थियो ।