इटहरी । नेपाल राष्ट्रिय मुसहर संघ इटहरीको माघ २८ गते हुनलागेको नगर अधिबेसन सरेको छ ।
नगर अबिधेसन गरिने भनिएको ठाउमा बिद्यालयको खेलकुद कार्यक्रम रहेको हुदा आगामी फागुन १३ गते अधिबेसन गरिने पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।
जनता माध्यमिक बिद्यालयको खेल मैदानमा माघ २८ गते अधिवेसन गर्ने तय भएपनि बिद्यालयको विविध खेलकुद कार्यक्रम भैरहेको हुदा सो अधिवेसन सारिएको र आगामी फागुन १३ गते सोही स्थानमा अधिबेसन गरिने नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रिय सदस्य तथा प्रदेश संयोजक राजु रिसिदेवले जानकारी दिए ।
उनले इटहरी नगर क्षेत्रमा बसोबास गर्दै आएका मुसहर समूदायका सम्पूर्ण व्यक्तिहरुलाई अधिबेसनमा सहभागि हुन पनि आग्रह गरे ।
इटहरी नगरक्षेत्रमा मुसहर समूदायका ५ हजार भन्दा बढीको बसोवास भएता पनि मुसहर समूदाय बिभिन्न कारणले पछि परेको कुराको जिकिर गर्दै अबको नेतृत्वले मुसहर समूदायका मासिहरुको नेतृत्व बिकास र क्षमता बिकास गर्दै नेतृत्व तहसम्म पुरयाउने प्रतिवद्धता पनि जनाए ।
पत्रकार सम्मेलनमा इटहरी तदर्थ संघका अध्यक्ष उमेश रिषीदेव, उपाध्यक्ष कन्नीदेवी सदा सुसहर लगायतको सहभागिता रहेको थियो ।