इटहरी । लायन्स क्लव अफ प्रोफेसनल इंजिनियरिङ ,लियो क्लव प्रोफेसनल र लायन्स क्लव अफ बीपी चोकको  पदस्थापना संयुक्त रुपमा एक कार्यक्रमका विच सम्पन्न भएको छ ।

  लायन्स क्लवको ३२५ डिष्ट्रिक गर्भनर धिरज गुरुङको प्रमुख आतिथ्यमा लायन्स क्लव भवनमा पदस्थापना कार्यक्रम भएको हो ।

   पदस्थापना कार्यक्रममा लायन्स क्लव अफ प्रोफेसनलका अध्यक्ष मिसन पराजुली , लियो क्लवका अध्यक्ष सरोज वानिया र लायन्स क्लव अफ बीपी चोकका अध्यक्ष बिबेक भट्टराईको टिमलाई सो कार्यक्रममा पदस्थापना गराइयो ।

पदस्थापना कार्यक्रम लायन्स क्लव अफ प्रोफेसनलका अध्यक्ष  होम ढकालको अध्यक्षता तथा समापन कार्यक्रम लायन्स क्लव अफ प्रोफेसनका वर्ष २०२३ का अध्यक्ष मिसन पराजुलीको अध्यक्षतामा भएको थियो ।IMG_20230128_162409

लायन्स क्लव अफ प्रोफेसनको वर्ष २०२३का लागि मिसन पराजुलीको अध्यक्षतामा प्रमथ उपाध्यक्ष नुतन लुइटेल , उपाध्यक्ष सुमन भट्टराई , सचिवमा महेन्द्र भट्टराई र कोषाध्यक्षमा सविता गुरागाई चयन भएका थिए ।

कार्यक्रममा विगत २५ वर्ष देखि इटहरीमा प्राविधिक क्षेत्रमा काम गर्दै आएका कैलाश तिम्सीनालाई सम्मान गरिएको थियो भने पाँच जना नयाँ सदस्यहरुमा सदस्यता प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा रोटरी क्लव अफ इटहरी अध्यक्ष संयोग पराजुली , इटहरी लेडि जेसिजकी अध्यक्ष सुमित्रा भट्टराई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।