इटहरी । बिराटनगरको रानीदेखी किमाङथान्का जोड्ने कोशी राजमार्ग अन्तरगत इटहरी क्षेत्रमा राजमार्ग ओगटेर बनेका भौतिक संरचनाहरूमा इटहरी उपमहानगरले डोजर चलाएको छ । इटहरी उपमहानगरपालीकाले शुक्रवार इटहरीको विराटनगर रोडस्थित २ वटा घरहरूमा डोजर लगाएर भत्कान सुरु गरेको हो । रानी विराटनगर जोगवनी किमाथांका ६ लेन राजमार्ग अन्तरगत सडक क्षेत्रभित्र पर्ने घर टहरा हटाउने अभियान अन्तरगत शुक्रवार देखी इटहरीमा डोजर चलाइएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । उनले यो कार्य अब अभीयानकै रुपमा अगाडी लैजाने बताएका छन । 

इटहरी क्षेत्र भएर दैनिक हजारौ यात्रु तथा सर्वसाधारण आवतजावत गर्ने हुदा आसपासका संरचनाले सडक साँघुरो हुनुका साथै ६ लेन सडक निर्माण परियोजनाले पनी पुर्णता पाउन सकेको थिएन । सडक आसपासका संरचना हटाइदा आवगमनमा सहज हुने मात्रै नभइ नगरको सुन्दरतापनी बढ्ने स्थानीय घनश्याम गुरुगंको भनाइ छ । 327703283_737355817726348_7636868509672790096_n

उपमहानगरले विराटनगर लाइनमा रहेको सरोज चौधरीले बनाएको एक तले पक्की भवनमा डोजर चलाइ अभियानको सुरुवात गरेको बताएका छ । 

पटक पटक सूचना जारी गर्दा पनि घरधनी तथा ब्यवसायीहरूले अटेर गर्दै आएकोमा शुक्रवार अचानक डोजर चल्न थालेपछि केही समय विवाद भएको थियो ।327750229_590877759519088_7040025988388226685_n इटहरीका राजनीतिक दल , प्रहरी प्रशासन लगायत सर्वपक्षीय छलफल गरेर राजमार्ग क्षेत्रमा पर्ने घरहरू हटाउने निर्णय स्वरूप शुक्रवार वाट अभियान थालिएको जनाइएको छ । सडक परियोजना अन्तरगत ५५ फुट कायम हुने गरी शुक्रवार देखी सुरु गरेर यस लाई निरन्तर काम सुरु हुने पनी  उपमहानगरले जनाएको छ ।