धनकुटा । नेपाली सेनाले १८ औं शताब्दीको ईतिहासलाई पुर्नजिवित बनाउने उदेश्यले धनकुटामा रहेको  निशान भगवती मन्दिर परिसरमा निर्मित पुरातात्विक ढुङ्गेधारा र मुल प्रवेशद्वार समुद्घाटन तथा तोप प्रतिस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली सेना क्युआईपि अन्तर्गत बिनियोजित १० लाख र स्थानियको सहयोगमा भिमदल गणले निर्माण सम्पन्न गरेको हो ।

पुरातात्विक संरचनाहरूलाई जगेर्ना गर्ने निति अनुरूप नेपाली सेनाको लक्ष्य पुरा गर्न ऐतिहासिक संरचनाहरूलाई प्रतिस्थापन गरिएको सहायक रथी ःनम्वर २ बाहिनि हिलेका बाहिनिपति सहायक रथी महेश कुमार थापाले बताए ।

विक्रम सम्वत् १८४०  भन्दा अगाडि धनकुटामा जंगि निशान भगवतीको स्थापना भएको ईतिहासलाई जगेर्नाका साथै सौन्दर्यकरणमा नेपाली सेनाले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको छ ।vlcsnap-2023-01-26-16h14m23s198

विक्रम सम्वत् १८४०  भन्दा अगाडि धनकुटामा जंगि निशानको स्थापना भएको ईतिहास सँगै रहेका यि पुरातात्विक एेतिहासिक भौतिक संरचना नेपाली सेना र सरोकारवाला निकायको सहयोगमा खोजि गरि  पुर्नजिवित गराएर धनकुटाको छुट्टै  एेतिहासक पहिचान दिलाउन भौेतिक संरचना निर्माण

भिमदल गण सल्लेरि व्यारेक धनकुटाका गणपति प्रमुख सेनानी सुमन थापाको सक्रियतामा भएको मन्दिर व्यावस्थापन समिति सदस्य सचिव जनार्दन गोठालेले जानकारी दिए । vlcsnap-2023-01-26-16h13m11s607

भिमदल गण, मन्दिर व्यावस्थापन समिति र स्थानिय बासि साथै सरोकारवाला निकाय लगायको प्रत्यक्ष र अप्रत्यक्ष सहयोगमा निर्माण  सम्पन्न पुरातात्विक शैलिको मुख्य मन्दिर प्रवेशद्वार र ढुङ्गेधारा समुद्घाटन तथा दुई थान तोपको प्रतिस्थापन कार्यक्रमको आयोजना गरेको भिमदल गण सल्लेरी व्यारेकका  निमित्त गणपति पुर्ण प्रजापतिले जानकारी दिए ।

निशान मन्दिर संरक्षक पुर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी सहदेव खड्काको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।327546340_525518112748782_8816055040107093333_n

धनकुटा स्थित निशान मन्दिर दर्शन गर्न मात्र आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरूको आगमन गराउन ऐतिहासिक पुरातात्विक ढुङ्गेधारा, प्रवेशद्वार, तोप लगायतको भौतिक संरचनाहरुले मन्दिर परिसरमा पर्यटकहरु लाई अझ आकर्षण हुने  कार्यक्रमका प्रमुख अतिथि पुर्वी पृतनापति सहदेव खड्काले बताए ।327547516_566634865319452_7387059970894781873_n

उक्त कार्यक्रममा राष्ट्रिय अनुसन्धानका प्रमुख, निमित्त प्रमुख जिल्ला अधिकारी, धनकुटा नगरपालिका उपप्रमुख, मन्दिर व्यावस्थापन समिति, स्थानीय लगायको उपस्थिति  रहेको थियो ।