इटहरी । दुर्गा बचत दुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीको २२औं स्थापना दिवसको अवसर पारेर इटहरीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४३ जना रक्तदाताहरुले रक्तदान गरेका छन ।

    सहकारीका अध्यक्ष कुवेर शर्माको अध्यक्षता तथा समाजसेवी राजेश श्रेष्ठको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा ४३ जना महिला पुरुषले रक्तदान गरेका हुन ।

   जाडोको समयमा रक्तदान कार्यक्रमहरु न्युन हुने गरेको तर्फ मध्यनजर गर्दै सहकारीको स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक नवराज पौडेलले जानकारी दिए ।IMG_20230126_102749_1

स्वास्थ्य संस्थाहरुमा उपचारका लागि आउने विरामीहरुलाई आवश्यक पर्ने रगत अभाव नहोस भनेर सहकारी रक्तदान कार्यक्रमको आयोजना गरेको समेत जनाइयो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो ।