इटहरी । उद्योग वाणीज्य संघ इटहरको २३ औ तथा २४ औ वार्षिक साधारण सभा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । 

बुधवार इटहरी स्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रमका बिच संघको २३ औ तथा २४ औ साधारण सभा सम्पन्न भएको हो । 

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेलको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोभिड १९ को समय कोभिड संक्रमण न्युनीकरण तथा सचेतना अभियान सञ्चालनमा सहयोग गरेको भन्दै इटहरीका विभिन्न संघसंस्थाहरुलाइ सम्मान गरिएको छ ।IMG_20230125_141341

 सम्मान हुनेमा होटल व्यवसायी संघ इटहरी,रोटेरी क्लव अफ इटहरी लगायत संघसंस्थाहरु लाई सम्मान गरेको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथी ढकालले कोभिड पछी देशव्यापी देखिएको आर्थिक संकटमा प्रभाव व्यापार व्यवसायमा परेको उल्लेख गरे । नेपालको अर्थतन्त्रमा परेको प्रभाव न्युनिकरण सम्बन्धमा उद्योग वाणिज्य महासंघले सरकारसँग सम्बन्धसेतुको रुपमा कार्य गरेको बताउँदै उनले निजी क्षेत्रको आवाज सरकार समक्ष राख्ने विस्वास व्यक्त गरे । IMG_20230125_150402

उद्योग वाणीज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेलको संयोजकत्वमा भएको कार्यक्रममा पुर्व भुमिसुधार मन्त्री रामकुमार सुब्बा,प्रदेश १ सांसद रेवती रमण भण्डारी,जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख प्रभु प्रसाद ढकाल लगायतका अतिथीहरुको सहभागीता रहेको थियो ।