इटहरी । व्यवस्थित पार्किगंका लागि ठाउँ व्यवस्थापन गरिनु पर्ने लगायतका विषयमा इटहरीका व्यवसायीहरुले इटहरी उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका छन ।

    इटहरीमा विभिन्न वस्तुगत व्यवसायीहरु भेला भएर र्पािकंगं व्यवस्थापन लगायतका विषयमा व्यवसायीहरुको हकहितका कुराहरु नगरप्रमुख हेमकर्ण पौडेल समक्ष व्यवसायीहरुले राखेका हुन ।WhatsApp Image 2023-01-23 at 5.00.52 PM

  उपमहानगरपालिकाको बजार क्षेत्रमा पार्किगं व्यवस्थित नभएका कारण पनि व्यवसाय सञ्चालन गर्न समस्या भईरहेका विषय लगायतका व्यवसायसंग सम्वन्धित विभिन्न विषयमा नगरप्रमुख पौडेलसंग छलफल गरिएको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले जानकारी दिए । उनले नगरप्रमुख पौडेलले पार्किगं व्यस्थापन गर्ने लगायतका उद्योगी व्यवसायीहरुले उठाएका सवालहरुका विषयमा उपमहानगरपालिका गम्भीर भएर समस्या समाधानको पक्षमा रहेको प्रतिक्रिया दिएको समेत वताए ।