धनकुटा । सिपका माध्यमबाटमा महिलाहरुलाई आत्मनिर्भर वनाउने उद्धेश्यले धनकुटाको चौबीसेमा एक महिने डल कुशन वनाउने तालिम सुरु भएको छ ।

   प्रगितिशिल महिला समुहको आयोजना र घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको सहयोगमा तालिमको आयोजना गरिएको हो ।

 भावना सिलाई प्रशिक्षण केन्द्र धनकुटाकी सञ्चालिका भावना मल्ल ठकुरीले तालिममा प्रशिक्षण दिइरहेकी छन । 326395815_1887857888224338_2382279852302555560_nचौबीसे गाउँपालिका वडा नम्बर ४ का १२ जना महिलाहरुको सहभागिता रहेको तालिम प्रभावकारी रुपमा सञ्चालन भईरहेको तालिममा सहभागी विमला राईले वताइन ।

   विभिन्न किसिमका व्यवसाय सञ्चालन गर्न सकिने तालिम हासिल गरेर आत्मनिर्भर वन्न सकिने तर्फ महिलाहरुलाई उत्साह प्रदान गर्न तालिम आयोजनाले फलदायी हुने विश्वास गरिएको छ । 


((