इटहरी । पुस्तक पढ्ने संस्कारको विकास गर्ने उद्धेश्य सहित सुनसरीको इटहरीमा एक हप्ते पुस्तक प्रर्दशन सुरु भएको छ । 

  एकता वुक्र्सले आफना प्रकासन तथा आफुले विक्री गर्दै आएका पुस्तकहरु छुटका साथ विक्री गर्दै पुस्तक पढ्ने संस्कारको विकासमा जोड दिएको हो ।

  एकता वुक्र्सका प्रवन्ध निर्देशक रामचन्द्र तिमोथीले आफनो वाल्यकालमा पाठ्यक्रमको पुस्तक वाहेक अरु पुस्तकहरु पढ्न नपाएको कुरालाई मध्यनजर गर्दै संसारभरीका कुराहरु जानकारीका लागि नयाँ पुस्तालाई सहज होस भनेर पुस्तक प्रर्दशनी आयोजना गरिएको जानकारी दिए । उनले २० देखि ३० प्रतिसत छुटमा पुस्तकहरु विक्रीका लागि प्रर्दशनीमा राखिएको समेत वताए ।WhatsApp Image 2023-01-20 at 4.24.29 PM (1)

प्रविधिको वढ्दो प्रयोगसंगै पुस्तक पढ्ने बानी हराउदै गएको समयमा प्रर्दशनीले विद्यार्थीलाई पुस्तक पढ्ने बानीको विकास गर्न मद्र्धत पुर्याउने सेकेण्डरी स्कुलकी प्रिन्सिपल मिना सुब्बाले विश्वास व्यक्त गरिन ।

प्रर्दशनीमा कार्टुन , मोटिभेसन , डिक्सनेरी देखि लिएर विभिन्न किसिमका पुस्तकहरु राएिका कारण पनि विद्यार्थीका साथै अन्य मानिसहरुका लागि प्रर्दशन महत्वपुर्ण रहेको प्रर्दशनी हेर्न आएकी सेकेण्डरी स्कुलकी विद्यार्थी सलोनी खवास वताउछिन ।

एकता वुक्र्सको इटहरी शाखाको संयोजनमा सुरु भएको पुस्तक प्रर्दशनी अन्य शाखाहरुमा पनि गरिने जनाइएको छ ।