इटहरी ।  यही माघ २० गते प्रर्दशन हुन लागेको नेपाली चलचित्र ह्यारीकी प्यारीको प्रमोशनका लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह सहित टिम इटहरी आएको छ ।

 प्रर्दशनको तयारीमा रहेको चलचित्र ह्यारीकी प्यारीमा रहेका गितहरु गाएर प्रमोशनका लागि आएको कलाकारहरुको टिमले कस्तुरी एकेडेमीका विद्यार्धीलाई मनोरञ्जन प्रदान गरेको हो ।  

प्रमोशनका लागि लागि आएका अभिनेता जितु नेपालले कस्तुरी एकेडेमीमा आयोजित कार्यक्रममा हास्य प्रस्तुति गरेका थिए भने  अभिनेत्रि साम्राज्ञीले चलचित्रका विषयमा जानकारी गराइन ।WhatsApp Image 2023-01-19 at 5.26.36 PM

त्यसै गरी गायिका वेनिशा पौडेल लगायतले चलचित्रमा रहेका गितहरुको प्रस्तुति गरेका थिए । कार्यक्रममा कस्तुरी कलेजका विद्यार्थीले नृत्य सहित सास्कृतिक प्रस्तुति गरेर कलाकारहरुलाई स्वागत गरेका कलेजका प्राचार्य कमलेश शर्मा पौडेलले जानकारी दिए ।WhatsApp Image 2023-01-19 at 5.26.38 PM

कस्तुरी परिवारले समय समयमा विद्यार्थीकै सहभागितामा सास्कृतिक कार्यक्रमहरु समेत गर्दै आएको छ ।vlcsnap-2023-01-19-17h41m04s166