इटहरी । गिटी कुटेर जीविकोपार्जन गर्दै आएका इटहरी उपमहानगरपालिका वडा नम्बर ४ हरियाली टोलमा बस्ने २६ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

   नेपाल रेड्क्रस सोसाइटी इटहरीको सहयोग तथा हरियाली टोल विकास संस्थाका अध्यक्ष विक्रम श्रीको समन्वयमा विपन्न परिवारका मानिसहरुलाई खाद्यान्न वितरण गरिएको हो ।

   जाडो वढी रहेको समयमा काम गर्न नसक्दा समस्यामा परेका खोलासंग सम्वन्धित मजदुर परिवारलाई  नेपाल रेडक्रस सोसाइटी इटहरीको समन्वयमा सहयोगी मनहरु शयाम रिजाल , गणेश दुलाल , कमल पौडेल, किरण न्यौपाने , सेभेनस्टार एजुकेशनल इन्च्युष्टको सहयोगमा प्रति परिवार दश केजी चामल , एक केजी दाल र एक केजी नुन उपलव्ध गराइएको जनाइएको छ ।WhatsApp Image 2023-01-16 at 5.26.21 PM

खोला मजदुर परिवारलाई तत्कालिन अवस्थामा खाद्यान्न समस्या नहोस भन्नका लागि उपलव्ध सहयोग सामाग्रीहरु नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति विमल पौडेल , सचिव सञ्जिव ढुंगाना ,कोषाध्यक्ष हरि तिम्सिना लगायतले वितरण गरेका थिए ।