इटहरी । जाडो वढी रहेको समयमा न्यानो कपडाको अभावमा  विद्यालयमा विद्यार्थीको संख्या घट्ने तर्फ मध्यनजर गर्दै विपन्न विद्यार्थीलाई विश्व आर्दश कलेज इटहरीले न्यानो कपडा वितरण गर्दै आएको छ ।

   न्यानो कपडाको अभावमा विद्यालयमा अध्ययनका लागि जान समेत समस्या झेल्दै आएका सामुदायिक विद्यालयका विद्यार्थीलाई स्वीटर वितरण गर्दै आएको कलेजले  सार्वजनिक आधारभुत विद्यालय इटहरीमा पनि स्वीटर वितरण गरेको हो ।WhatsApp Image 2023-01-17 at 2.42.58 PM

  इटहरी उपमहानगरपालिका वडा नम्बर १४मा रहेको सार्वजनिक आधारभुत विद्यालयमा अध्ययनरत ६४ जना विद्यार्थीलाई नेपाल रेडक्रस सोसाइटी इटहरीको समन्वयमा विश्व आर्दश कलेज परिवारले स्वीटर वितरण गरेको छ । विश्व आर्दश कलेजका अध्यक्ष लेखनाथ घिमीरे , इटहरी उपमहानगरपालिका वडा नम्बर १४का वडाध्यक्ष रमेशप्रसाद चौधरी , नेपाल रेडक्रस सोसाइटी इटहरीका सचिव सञ्जिव ढुंगाना , सार्वजनिक आधारभुत विद्यालयका प्रधानाध्यापक गिरिराज निरौला लगायतले स्वीटर वितरण गरेका हुन ।WhatsApp Image 2023-01-17 at 2.44.05 PM

 विश्व आर्दश कलेजले यस अघि पनि  शिक्षामा सबैको पहुँच पुग्नु पर्ने तर्फ मध्यनजर गर्दै अन्य विद्यालय तथा विद्यार्थीलाई विभिन्न किसिमको सहयोग गर्दै आएको छ ।