इटहरी । रंगकर्मीको राम्रो टिम तयार पार्ने उद्धेश्यले विगत एक दशक अघि देखिनै साना नानीबाबुहरुलाई नाटकका विभिन्न अभ्यास गराउदै आएको कलालय इटहरीको प्रस्तुतिमा तायारिप्ची भवनमा नाटक हिरासत मञ्चन गरिएको छ ।

 विनोदिनी अन्तराष्ट्रिय नाटक महोत्सवका लागि छनोट भएको नाटक हिरासत कलालयले तयार पारेका रंगकर्मीहरुले मञ्चन गरेका हुन ।

  छिमेकी मुलुक भारतको पश्चिम बंगालको कृष्णनगरमा आयोजना हुने विनोदिनी अन्तराष्ट्रिय नाटक महोत्सवका लागि छनोट भएको नाटक हिरासतको अभ्यास स्वरुप इटहरीमा मञ्चन गरिएको हो । कलालयले विगत देखि तयार पार्दै आएका रंगकर्मीहरुको अभिनय रहेको हिरासतको लेखन सायद अशोकको रहेको छ भने प्रज्वल पराजुलीले निर्देशन गरेका छन ।vlcsnap-2022-12-22-17h03m43s715

    आगामी आइतबार विनोदिनी अन्तराष्ट्रिय महोत्सवमा कलालयले तयार पारेका रगंकर्मीहरुले हिरासत मञ्चन गर्ने कलालयका अध्यक्ष सोनु जयन्तीले जानकारी दिए । उनले विगत देखि नै रगंकर्मीहरुको राम्रो टिम तयार पार्ने उद्धेश्यले स्कुल थ्रिएटरको ८औं सस्करण सम्म गरेका रंगकर्मीहरुकै सहभागितामा हिरासत मञ्चन गरिने समेत वताए ।

विगत केही वर्ष यता देखि कलालयले इटहरीमै नाटक मञ्चन गराउन थालेपछि नाटक हेर्नकै लागि काठमाडौं जानु पर्ने बाध्यता हराएको मात्र नभएर राम्रो रंगकर्मीहरु उत्पादन गर्ने काम समेत कलालयले गरेको विश्वआर्दश एकेडेमीका प्राचार्य गणेश दुलाल वताउछन । WhatsApp Image 2022-12-22 at 4.51.15 PMविद्यार्थीहरुलाई नाटक देखाउन लिएर आएका प्राचार्य दुलालले समाज अध्ययन गराउन र विद्यार्थीहरुलाई सृर्जनात्मक क्षमताको विकासमा समेत प्रोत्साहन गर्न सकियो भनेर विद्यार्थी ल्याएको समेत जानकारी दिए ।

विद्यार्थीहरु आयुसा बजगाँई र एलिशा रेग्मीले पनि नाटक हेर्न पाउदा रमाइलो  लागेको नाटकमा समाजमा हुने विभिन्न विषयहरुलाई कलाकारहरुले महत्वपुर्ण रुपमा प्रस्तुति गरेको वताए ।

हिरासत नाटकमा विकाश श्रेष्ठ , प्रजल दुलाल ,सुगम दुलाल ,प्रयुष ओझा ,हिमाल निरौला ,रिञ्चे तामागं, सक्षम किराँती , करण प्याकुरेल ,विजय श्रेष्ठ र प्रदिप भण्डारीले जीवन्त अभियन प्रस्तुत गरिएका छन । हिजो देखि मञ्चन हुदै आएको हिरासत आज पनि मञ्चन गरिएको थियो ।  

कलालयले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विदाको समयमा पारेर नाटक सम्वन्धी प्रशिक्षण गराएर विद्यार्थीहरुबाटै लेखन, निर्देशन र अभियन समेत गराएर स्कुल थ्रिएटरको ८औं सस्करण सम्म पुरा गरिसकेको छ ।