सिराहा । सिराहा जिल्लाको सदरमुकाम सिराहाको मुख्य बजार क्षेत्रमा चोरी हुने क्रम अझै रोकिएको छैन । पछिल्लो समयमा सिराहा नगरपालिका वडा नम्बर ७ मा रहेको अभय एण्ड अजय जेनरल स्टोरमा चोरी भएको हो । विगत देखिनै सदरमुकाम क्षेत्रमा चोरी हुदै आएको र पछिल्लो समयमा शिवराम यादवले सञ्चालन गरेको अभय एण्ड अजय जेनरल स्टोरबाट २ लाख मुल्य बराबराको किराना सामाग्री चामल ,दाल , साबुन लगायतका चोरी भएको जनाइएको छ । सिरहा सदरमुकामको प्रादेशिक अस्पताल छेउमै मुख्य सडकसँगै टाँसिएको व्यस्त ठाउँमा रहकेो गोदामबाट चोरी हुँदा समेत प्रहरी प्रशासनले जानकारी नभएको भन्दै व्यवासायीहरु आक्रोसित बनेका छन । यस अघि पनि प्रादेशिक अस्पतालको पश्चिमपट्टी मदन यादवले संचालन गरेको औषधी पसल, प्रभुहरी साहले संचालन गरेको दराज, पेटी वाकस पसलमा र पुस्तकालयको छेउमा रहेको पानपसलमा ताला फुुटाएर चोरी भएको थियो । जिल्लाको सदरमुकाम जस्तो सुरक्षीत ठाँउमा पटकपटक चोरी हुदाँ समेत चोरीमा संलग्नहरुलाई कारवाही दायरामा ल्याउन नसकेको भन्दै व्यापारीहरुले प्रहरी प्रशासनको आलोचना गरेका छन ।
व्यापारीहरुले चोरीमा संलग्नहरुलाई पक्राउ गरी कारवाही गर्न तथा चोरी ,लुटपाटका घटना नियन्त्रणमा सक्रियता नदेखाएको भन्दै आन्दोलन थाल्ने चेतावनी समेत दिएका छन । व्यापार व्यवसायका लागि सिरहा बजारमा निर्वाध रुपमा काम गर्न सक्ने वातारण वनाउन स्थानीय प्रशासनसंग व्यापारीहरुले आग्रह समेत गरेका छन । उनीहरुले स्थानीय प्रशासनलाई नियमित गस्ती गर्न साथै चोरी लुटपाटका घटनाहरु नियन्त्रण गरी भयरहित वातावरणमा व्यापार व्यवसाय गर्न सक्ने वनाउन समेत प्रशासनले शान्ति सुरक्षाको प्रत्याभुति गराउनु पर्नेमा समेत जोड दिएका थिए । यता घटनाको सम्वन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।




















