इटहरी । हुम्लाको चङ्खेलीकी तारा जैसी भट्टराईको गजल संग्रह हुम्लाकी तारा एक कार्यक्रमका विच इटहरीमा  विमोचन गरिएको छ ।

    तारा जैसी भट्टराईद्धारा लिखित तथा हलेसी महादेव मिडियाद्धारा प्रकाशित गजल संग्रह हुम्लाकी ताराको  कार्यक्रमकी प्रमुख अतिथी राष्ट्रिय कविता प्रयोगितामा प्रथम वन्न सफल कब्यात्री टिका आत्रेय लगायतका अतिथीहरुले विमोचन गरेका हुन ।

   हलेसी महादेव मिडियाका अध्यक्ष बाबुराम सुवेदीको अध्यक्षता तथा विजया प्याकुरेलको संयोजनमा भएकोे विमोचन कार्यक्रममा अग्रज पत्रकार तथा साहित्यकार कृष्णविनोद लम्साल , पत्रकार साहित्यकार विराट अनुपम लगायतले गजल संग्रहको चर्चा गरेका थिए ।

 गजल संग्रहमा लेखिका जैसीले सामाजिकमा देखिने भोगाई र गराईलाई प्रमुख विषय वनाएर लेखिएका ५१ वटा गजलहरु संग्रहित रहेका छन ।

 हुम्लाकी तारा गजल संग्रहको खेमचन्द्र अधिकारीले भाषा सम्पादन गरेका छन ।

 कार्यक्रममा नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी , माया घर नेपालकी सचिव सुभद्रा प्याकुरेल, ,साथै सुनसरी ,मोरगं र झापाका साहित्यकारहरु समेतको सहभागिता रहेको थियो ।