इटहरी । डिजिटल पेन्टस् प्रा.लि.ले नयाँ उत्पादनहरू बजारमा ल्याएको छ । इटहरी स्थित गोकर्ण रिसोर्टमा एक कार्यक्रमका बिच नयाँ उत्पादनहरू सार्वजनिक गरेको हो ।     प्रोडक्ट लन्च कार्यक्रमका अवसरमा कम्पनीले ७ वर्ष वारेन्टी रहेको बाहिरी इमल्सन र उच्च क्वालिटी, मिडियम क्वालिटी गरी २ प्रकारका भित्री इमल्सन , गोल्ड पेन्टस् लगायतका उत्पादनहरू सार्वजनिक गरिएको छ । कार्यक्रमका अवसरमा बिभन्न क्लबमा प्रवेश गर्ने डिलरहरूलाई सम्मान गरिएको थियो ।  

  वाल प्राइमर, इमल्सन, डिस्टेम्बर, इनामेल (काठ तथा मेटल), आलमुनियम पेन्टस् वाल पुटिङ लगायतका सामाग्रीहरू उत्पादन गरिरहेको कम्पनीले उपभोक्ताहरूको उच्च मागका कारण नयाँ उत्पादनहरू बजारमा ल्याएको जनाएको छ ।   कार्यक्रममा कम्पनीले उत्पादन गरेका उत्पादनहरूको जानकारी, नियमावली, विभिन्न स्किमहरूका साथै विक्रेताहरूलाई गुणस्तरीयताका बारेमा जानकारी दिइएको थियो । 317325300_537238824757353_5572464225589612910_n

  नेपालको पूर्वी क्षेत्रलाई रंगमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ  उत्पादन सुरू गरेको डिजिटल पेन्ट्स ले स्थापनाकालको छोटो समयमा नै आफ्नो विशिष्ट स्थान हासिल गर्न सफल भएको कम्पनीका सिइओ देवीप्रसाद गौतमले बताए । उनले डिजिटल पेन्टस्का उत्पादनहरू २५ सहरका ७७ भन्दा बढी रङ महल ग्रुप अन्तर्गतका काउन्टर मार्फत बिक्री वितरण भइरहेको उल्लेख गरे । प्रडक्ट लन्च कार्यक्रममा डिजिटल पेन्टस् प्रा लि का अध्यक्ष  भीमप्रसाद गौतम, सिइओ देवीप्रसाद गौतम, सिओओ मणिकुमार आचार्य, सिएफओ किसन खनाल, प्रोडक्सन म्यानेजर हेमराज कार्की लगायतको उपस्थिति रहेको थियो ।