इटहरी । ज्येष्ठ नागरीक समाज नेपाल इटहरीका संस्थापक अध्यक्ष केवलमान बिष्टको स्मृतीमा आयोजित स्मृती दिवस तथा सम्मान प्रदान कार्यक्रममा विभिन्न  विधामा योगदान पुर्याउने ५ जनालाइ सम्मान गरिएको छ । शुक्रवार इटहरी स्थित चिया चौतारीमा केवलमान बिष्ट स्मृती प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रममा विभीन्न विधामा योगदान पुर्याउने ५ जनालाइ सम्मान गरिएको हो ।

सम्मानित हुनेमा खेलकुद क्षेत्र तर्फ तेक्वान्दो खेलका प्रशिक्षक फडिन्द्र खड्का,पत्रकारिता तर्फ गणराज्य दैनिक पत्रीकाका प्रधान सम्पादक पिवी दियाली,समाजसेवाको क्षेत्रमा ठमनाथ लम्साल,कला क्षेत्रमा रंगकर्मी सोनु जयन्ती र गीत संगीत तर्फ गायिका सुनिता कटुवाललाई सम्मान गरिएको हो । WhatsApp Image 2022-12-02 at 16.24.08अध्यक्ष रमेश कुमार बिष्टको अध्यक्षता तथा प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमका वक्ताहरुले समाज रुपान्तरणका क्षेत्रमा केवलमान बिष्टले पुर्याएको योगदान नयँ पुस्ताले पनी सिरोपर गर्दै जानुपर्ने बताएका थिए । 

 कार्यक्रममा केवलमान बिष्ट स्मृती प्रतिष्ठानका उपाध्यक्ष इश्वार बिष्ट,महासचिव केशव कुमार बिष्ट,राखेप पुर्व उपाध्यक्ष पिताम्बर तिम्सीना लगायतका अतीथीहरुकको सहभागिता रहेको थियो ।