उदयपुर । उदयपुरको ताप्लीका सरोज राईलाई प्रहरीले ६० केजी  अवैद्य लागुऔषध गाँजा सहित पक्राउ गरेको छ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ६ साँगुरीबाट प्रहरीले उदयपुरकै ताप्ली गाउँपालिका वडा नम्बर २का राईलार्ई अवैद्य गाँजा सहित पक्राउ गरेको हो । शंकास्पद अवस्थामा राईले बोकेको बोरा प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ६० केजी गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ । पक्राउ गरिएका राई विषयमा इलाका प्रहरी कार्यालय कटारीले थप अनुसन्धान सुरु गरेको जनाइएको छ ।