सुनसरी । जगद्गुरु श्रीरामानन्दचार्य सेवा पिठ चतरामा राम जानकी विवाह अर्थात विवाह पञ्चमी धुमधामका साथ मनाइएको छ । देश तथा विदेशमा रहेका आश्रमहरुका पदाधिकारीहरु समेतको उल्लेखिय सहभागितामा जगद्गुरु श्रीरामानन्दचार्य सेवा पिठ चतरामा विवाह पञ्चमी मनाइएको हो । सो अवसरमा आश्रमका पिठाधाश्वर अनन्तश्री विभूषित जगद्गुरू स्वामी रामकृष्णाचार्य  महायोगी सिद्धबाबा ले श्रीराम – जानकी विवाह महोत्सवको महत्वका विषयमा प्रकास पारेका थिए ।  नेपालमा महायोगी सिद्धबाबा अध्यात्मिक प्रतिष्ठान काठमाडौं, पोखरा, चितवन, सुर्खेत, विराटनगर तथा विदेशमा रहेका शाखाहरु भारत, अष्ट्रेलिया,अमेरिका, बेलायत लगायतका पीठहरूमा समेत  विवाह पञ्चमीका अवसरमा विशेष कार्यक्रम सम्पन्न गरिएको जानकारी गराइयो  । ddf