पाँचथर । नेपाली काँग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेलाई पाँचथरबाट हराउदै नेकपा एमालेका बसन्तकुमार नेम्वाङले चौथो पटक संसद यात्रा तय गरेका छन।

    प्रतिनिधिसभा सदस्यका लागि यही मंसिर ४ गते भएको निर्वाचनमा एमालेका तर्फबाट उमेदवार रहेका नेम्वाङले काँग्रेस सहमहामन्त्री आङदेम्बेलाई ४६ मतको झिनो अन्तरले पराजित गर्दै चौथो पटक संसद बन्न सफल भएका हुन ।

 केपी शर्मा ओली नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री समेत भई सकेका नेम्वाङ  २०४८, २०५६ र २०७४ मा पाँचथरबाट केन्द्रीय संसदमा बिजयी  भएका थिए ।vlcsnap-2022-11-30-16h32m52s257

प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मत गणना सम्पन्न हुदा नेम्बाङले कांग्रेसका आङदेम्बेलाई ४७ मतको अन्तरले पछि पारेका थिए तर विजयको आधिकारीक घोषणा भएको थिएन ।

प्रत्यक्षतर्फका केही मतपत्र समानुपातिक मतपेटिकामा फेला परेपछि समानुपातिकतर्फका मत गणना सकेपछि मंगलबार बेलुका मात्रै एमालेका नेम्वाङलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजयी भएको प्रमाणपत्र उपल्वध गरायो ।vlcsnap-2022-11-30-16h32m24s350

चार दिनअघि प्रत्यक्षतर्फको मतपेटिकाका मत गणना गर्दा नेम्वाङ नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका उम्मेदवार भीष्मराज आङदेम्बे भन्दा ४७ मतान्तरले अघि थिए । तर समानुपातिक मतपेटिकामा पनि भेटिएका मतहरू गणना गर्दा नेम्वाङ ४६ मतान्तरले विजयी भएका हुन् । नेम्वाङले ३२ हजार १ सय ३५ मत ल्याउदा आङदेम्बेले ३२ हजार ८९ मतमात्रै ल्याएका थिए ।