इटहरी । सुनसरीको  इटहरी आँपगाछीमा रहेको  राष्ट्रिय माध्यमिक विद्यालयले आफनो ६७औं वार्षिकोत्सवको अवसर पारेर  शिक्षा क्षेत्रको योगदान पुर्याउने  विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

विद्यालयले वार्षिकोत्सवको अवसर पारेर विद्यालय र शिक्षा क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गरेको हो ।vlcsnap-2022-11-30-11h02m03s520

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्कीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा भएको बार्षिकोत्सव समापन कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद प्रदेश नम्बर १का पुर्व निर्देशक डा.शिवप्रसाद दाहाल , शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका प्रमुख रमेशबहादुर दाहाल , इटहरीvlcsnap-2022-11-30-11h01m17s180 उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका हेमबहादुर पालुङवा,विद्यालयका प्रधानध्यापक सरणकुमार बस्नेत  भौतिक शास्त्र विषयका शिक्षक दिनेश बास्कोटा , शिक्षक रोहनबहादुर कार्की , विधार्थीका अभिभावक लोकवहादुर अधिकारी र इन्दिरा अधिकारी लगायतलाई सम्मान गरियो । vlcsnap-2022-11-30-11h00m11s110त्यसै गरी उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी , विभिन्न  खेलकुद तथा सांस्कृतिक कार्यक्रममा विजेता विद्यार्थीहरुलाई पुरस्कार तथा विभिन्न व्यक्तित्वहरुले सञ्चालनमा ल्याएको अक्षयकोषबाट छात्रावृत्ति वितरण समेत गरियो । समापन कार्यक्रममा विद्यार्थीहरुले गित नृत्य लगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।