इटहरी । सौन्दर्यकला व्यवसायी संघ सुनसरीको ५औं अधिवेशनले विजुबैनी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

  सर्वसम्मत चयन भएको सौन्दर्यकला व्यवसायी संघ सुनसरीको अधिवेशनले  बरिष्ट उपाध्यक्षमा अम्बिका घिमीरे , उपाध्यक्षमा सृजना राई सचिवमा दिपिका कार्की सहसचिवमा सावित्रा नेपाल कोषाध्यक्ष एलिसा तामागं र सहकोषाध्यक्षमा मेनुका बानियालाई चयन गरेको हो ।   त्यसै गरी सदस्यहरुमा शोभा कार्की , मिना श्रेष्ठ ,सुनिता श्रेष्ठ ,मौषम चौलागाई रहेका छन । इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा भएको सौन्दर्यकला व्यवसायी संघ  सुनसरी जिल्ला तथा इटहरी उपमहानगरपालिका समितिको १५औं बार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न गरिएको हो । 317004035_1144447732857730_4155294901846136441_n (1)शान्ता राईको अध्यक्षतामा भएको कार्यक्रममा सौन्दर्यकला व्यवसायी संघ इटहरीको पनि नयाँ कार्य समिति समेत सर्वसम्मत चयन भएको छ । निर्मला बस्नेतको अध्यक्षतामा इटहरी नगर समिति समेत चयन भएको छ। सो समितिको वरिष्ठ उपाध्यक्षमा उर्मिला भण्डारी , उपाध्यक्षमा अनिता चौधरी सचिवमा सानु राई , सहसचिव रिता चापागाई , कोषाध्यक्ष अनुपमा श्रेष्ठ सहकोषाध्यक्ष बसन्ती चौधरी चयन भएका छन । तयसै गरी सदस्यहरुमा सृजना खत्री , अप्सरा दाहाल , रिता चौधरी , अञ्जु कार्की ,सञ्जु राई , रिन्कु साह ,माया लिम्बु र परि कटेल रहेका छन । कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल , सौन्दर्यकला व्यवसायी संघकी केन्द्रीय उपाध्यक्ष लिला राई र सदस्य सन्तोष क्षेष्ठ लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।