इटहरी । नेतृत्व तथा व्यक्ति विकासका क्षेत्रमा काम गर्दै इटहरी लेडि जेसिजले आफनो २१औं बार्षिकोत्सवको अवसर पारेर संघर्षशील महिला सम्मान बाट कल्पना निरौलालाई सम्मान गरेको छ ।

   इटहरी लेडि जेसिजले हरेक वर्ष आफनो स्थापना दिवसको अवसर पारेर विभिन्न क्षेत्रका सफल महिलाहरुलाई सम्मान गर्ने गरेको छ यही क्रममा संघषशील महिलाका रुपमा निरौलालाई सम्मान गरेको हो ।315997131_671995937950270_7428024248074739374_n

  इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरीको प्रमुख आतिथ्यमा भएको वार्षिकोत्सव कार्यक्रममा सञ्चारकर्मी उषाकिरण घिमीरेलाई समेत सम्मान गरियो । कार्यक्रमकी प्रमुख अतिथी चौधरीले इटहरी क्षेत्रमा महिलाहरुको क्षमता विकासका क्षेत्रमा इटहरी लेडि जेसिजले महत्वपुर्ण योगदान गरेको वताइन ।317096064_671994307950433_8459230657133529996_n

इटहरी लेडि जेसिजकी अध्यक्ष दुर्गा खड्का आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संयोजक पुष्पा अधिकारी रहेकी थिइन । कार्यक्रममा इटहरी लेडि जेसिजका पुर्व अध्यक्ष लगायतका अतिथीहरुको समेत सहभागिता रहेको थियो ।