गुल्मी । गुल्मी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेस नेता चन्द्र भण्डारी विजयी भएका छन् । उनले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै गुल्मी १ मा जित हात पारेका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले ३३ हजार ७ सय ४४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार ज्ञवालीले ३२ हजार १ सय ५२ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर १ हजार ५ सय ९२ रहेको छ ।




















