सुनसरी । वित्तिय तरलता अभाव र व्याज वृद्धीको कारण व्यवसायीक एवम औद्योगीक क्षेत्रमा ठुलो असर परेको भन्दै व्यवसायीहरुले आपत्ती जनाएका छन । इटहरी चेम्बर अफ कमर्श इटहरी सुनसरीद्धारा आयोजीत वित्तिय तरलता अभाव र व्याज वृद्धीका असर सम्बन्धी अन्तरक्रीया तथा पत्रकार सम्मेलनमा व्यवसायीहरुले हाल बजारमा देखा परेको तरलता अभाव,मुल्यवृद्धि तथा वित्तिय संकटले समग्र आर्थिक प्रणालीलाइ नै संकुचित गर्ने दिशा तर्फ उन्मुख गराइरहेको भन्दै व्यवसायीहरुले आपत्ती जनाएका हुन । कोरोना कहरका कारण लामो समयसम्म  थलीएको व्यवसाय र वीत्तीय असन्तुलनका कारण नीरन्तर प्रभावीत औद्योगीक क्षेत्र पछील्लो मौद्रिक नीतीले नीम्त्याएको तरलता अभावसँगै भएको व्याज वृद्धीका कारण पुजीगत लागत बढेको व्यवसायीहरुको ठहर छ । बढ्दो उत्पादन लागत,बजारमा आएको मन्दी, बजारबाट नगद प्राप्तीमा भएको कठीनाइका साथै बाह्य कारणबाट भएको मुल्यवृद्धी समेतका कारण औद्योगीक क्षेत्र समस्यामा रहेको बेला बैँक तथा वीत्तीय संस्थाले गरेको व्याज वृद्धीले व्यापार व्यवसाय धरासयी अवस्थामा पुगेको उनीहरुले गुनासो गरेका छन । सरकारका नीती तथा कार्यक्रमले व्यवसायीक असहजता सृजना गरीदीने हुदा व्यवसाय गर्ने वातावरण नभएको इटहरी चेम्वर अफ कमर्सका संस्थापक अध्यक्ष तारावहादुर कटुवालले बताएका छन । उनले पुर्वको व्यापारीक हवको सम्भावना बोकेको इटहरीमा पार्कीङको समस्याका कारण पनी इटहरी चौक क्षेत्रका व्यवसायीहरु थप मारमा परेको गुनासो समेत गरे । 

यस्तै अत्याधीक व्याज वृद्धीका कारण व्यवसायनै सङकटमा पर्ने अवस्था आएको कार्यक्रमका अन्य वक्ताहरुले गुनासो गरेका छन । 

सबै पैसा राजश्वको माध्यमबाट सरकारी ढुकुटीमा जम्मा हुने तर सरकारले खर्च गर्न नसक्दा तरलता अभाव हुने गरेको व्यापीहरुको ठहर छ । सरकारको पुँजीगत खर्च बढाउँदै बैँक तथा वीत्तीय संस्थामा रहेको यस्तो नीष्कृय पुँजीलाइ बैँक तथा वित्तीय संस्थाले नीक्षेपका रुपमा प्रयोग गर्नं पाउने व्यवस्था गरीनुपर्ने उनीहरुक माग रहेको छ ।