इटहरी । राजस्व अनुसन्धान कार्यालय इटहरीमा करिब एक महिना अगाडि सरुवा भएर आएका कार्यालय प्रमुखले कार्य समालेका छन ।

   मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागको प्रादेशिक निकायको रूपमा रहेको राजस्व अनुसन्धान कार्यालयमा करिब एक महिना अगाडि सरुवा भएर आएका कार्यालय प्रमुखलाई पुराना कार्यालय प्रमुखले जिम्मेवारी हस्तान्तरण नगर्दा समस्या हुँदै आएको थियो ।

 कार्यालयमा दुई जना कार्यालय प्रमुख भएपछि कामकाजका लागि समस्या हुदै आएको विषयमा सञ्चार माध्यम समेत समाचार प्रकासित भएको थियो । कार्यालयमा सरुवा भएका आएका  नयाँ कार्यालय प्रमुख खेमराज ओझाले प्रमुखको जिम्मेवारी समालेका हुन ।

 विगत एक वर्षदेखि कार्यालय प्रमुखको रुपमा कार्यरत रहदै आएका तिर्थराज खनालले नयाँ कार्यालय प्रमुखओझालाइ जिममेवारी हस्तान्तरण नगर्दा कार्यालयको काम कार्वाही प्रभावित भएको थियो । यता पुराना कार्यालय प्रमुख खनालले सरुवा भए पनि रमना नलिएर लाहान, विराटनगर, धरान , झापा व्यापारीहरुलाई दुख दिने गरेको आरोप समेत लाग्दै आएको थियो । सरुवाको प्रक्रिया पूरा भए पनि व्यक्तिगत स्वार्थका कारण खनालले राजस्व कार्यालय छाड्न नमानेको कर्मचारीहरु बताउँछन्। सेवाग्राहीलाई दुव्र्यवहार एवं अश्लिल शब्दले गाली गर्ने, भन्सार कार्यालयसँगको मिलेमतोमा तस्करीको धन्दा चलाउने, तस्करको आरोप लगाएर सार्वजनिकस्थलमा सर्वसाधारणलाई कुटपिट गर्ने र तस्करीमा संलग्न सवारीसाधन तथा मानिसलाई बिना कारबाही छाडिदिने लगायतका विवादमा खनाल मुछिएका छन्।

राजस्व कार्यालयले राजस्व चुहावट नियन्त्रणको कार्यमा सहजीकरण गर्दैै आएको छ। इटहरीमा २०६९ सालमा स्थापना भएको कार्यालयको जिम्मेवारी राजस्व छली नियन्त्रण, अनुसन्धान र कारबाही गर्ने हो। तर संवेदनशील कार्यालयमा व्यक्तिगत स्वार्थ हाबी हुँदा दैनिक कामकाज प्रभावित बन्नेको एक कर्मचारीको भनाइ छ। उनका अनुसार खनालले राजस्व नछाड्दा काम गर्न अप्ठेरो भइरहेको छ।   

 सरकारले सरुवा गरेको ठाउँमा कर्मचारीले जान्न भन्न मिल्दैन। सरुवा भएको ठाउँमा जान नमानेकाले खनालका बारेमा अनेक टिकाटिप्पण्ी भइरहेको छ।

यता नयाँ कार्यालय प्रमुखले जिम्मेवारी सम्हाले पनि पुरानाका कार्यालय खनालले रमना नलिएको वुझिएको छ । यस अघि दुई जना कार्यालय प्रमुख भएपछि कसलाई आधिकारिक मान्ने भन्ने अन्यौलता रहेको थियो । गत असोज २७ गते सरुवा भएर आएका ओझालाई खनालले जिम्मेवारी हस्तान्तरण नगर्दा ओझा जिम्मेवारी विहिन  थिए  ।