सुनसरी । तिहार लागेसँगै सुनसरीको इनरुवामा रहेका कालीगढहरुलाई माटोको पाला बनाउन भ्याई नभ्याई भएको छ ।

विशेस गरेर तिहारको समयको  बेला माटोको पाला बिक्री बढी हुने भएकाले उनीहरुलाई बनाउन भ्याई(नभ्याई भएको हो । इनरुवा, लौकही र हरिपुर लगायतका स्थानमा रहेका कालीगढहरुलाई चाडपर्व लागेसँगै माटोको भाँडा बनाउन भ्याई(नभ्याई भएको हो । उनीहरुले दीपावली(छठ पर्वलाई लक्षित गरी माटोको घैला, दियोसहितका विभिन्न किसिमका भाडाकुडा बनाउने र बिक्री गर्ने काम गरेका छन् ।