सुन्दरहरैचा ।   मोरगंको सुन्दरहरैचामा रहेको दुलारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अधिवेशनले पुनः हेमन्त कार्कीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

सर्वसम्मत रुपमा सम्पन्न अधिवेशनले नयाँ कार्य समितिको उपाध्यक्षमा पुष्पप्रसाद ढकाल सचिवमा कृष्णप्रसाद भुर्तेल कोषाध्यक्षमा राजेन्द्र कार्की सहसचिवमा केदारप्रसाद पौडेललाई चयन गरेको हो ।WhatsApp Image 2022-10-16 at 08.23.25

त्यसै गरी सदस्यहरुमा रिमा ढकाल,तुलसा बस्नेत ,रेनुका कार्की ,अशोक कार्की ,हिरण्यप्रसाद पौडेल र धु्रव निरौला रहेका छन । दुलारी बचत तथा ऋण सहकारीको २४औं वार्षिक साधारण सभा तथा अधिवेशन उदघाटन कार्यक्रममा सहकारीका अध्यक्ष हेमन्त कार्कीको अध्यक्षता तथा १ नम्बर प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका उपाध्यक्ष हरिप्रसाद सुवेदीको प्रमुख आतिथ्यमा भएको थियो ।WhatsApp Image 2022-10-16 at 08.23.21

उद्घाटन सत्रमा अध्यक्षको मन्तव्यका क्रममा अध्यक्ष कार्कीले वि.स.ं२०५४सालमा ३८ जना शेयर सदस्यहरुबाट सहकारी स्थापना गरिएको र हाल सहकारीमा एक हजार पाँच सय ५६ जना शेयर सदस्य पुगेको जानकारी गराए ।

त्यसै गरी हाल सस्थाको शेयर पुँजी दुई करोड ४२लाख ४६ हजार पुगेको समेत अध्यक्षले वताए । साधारण सभाका अवसरमा सहकारीका कोषाध्यक्ष रामबोल फुयालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।WhatsApp Image 2022-10-16 at 08.23.25 (1)

बार्षिक साधारण सभाको अवसरमा एसईईमा उत्कृष्ट शेयर सदस्यका सन्तती , माध्यमिक परिक्षामा उत्कृष्ट हुने शेयर सदस्यका सन्तती , जेष्ठ शेयर सदस्य , जेष्ठ अभिभावक सदस्य लगायतलाइ सम्मान गरियो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मोरगंका उमेश गुरुङ लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।