काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जथाभावी बोल्ने आलोचकलाई पक्राउ गर्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भद्दा गाली गर्ने व्यक्तिलाई पक्राउ पुर्जी जारी गरिने चेतावनी दिएका हुन् ।

‘फेसबुकमा गाली गलौच गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पुर्जी जारी गरिनेछु, उनले लेखेका छन् , ‘अनि मानहानि र गाली बेइज्जतीको मुद्दा चलाइनेछ ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु !’


Capture-1