इटहरी । बेलायत,अमेरीका,अष्ट्रेलीया, क्यानडा लगायतका देशहरुमा उच्च शिक्षामा जाने विद्यार्थीहरुलाई सहजिकरण गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले ग्रान्ड एजुकेशन फेयर सम्पन्न गरेको छ ।

    विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको ग्रान्ड एडुकेशन फेयरमा बेलायत,अमेरीका,अष्ट्रेलीया, क्यानडा लगायतका देशहरुमा रहेका विश्व विद्यालय , कलेज तथा पढाई हुने विषयहरुको सहजिकरण गरिएको थियो ।

   कार्यक्रममा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थी सहित उनीहरुका अभिभावक गरी पाँच सय जना जतिको सहभागिता रहेको थियो । बेलायत,अमेरीका,अष्ट्रेलीया, क्यानडा लगायतका देशहरुमा अध्यापन गराइरहेका १६ जना प्राध्यापकहरुले विश्व विद्यालय कलेज तथा त्यहाँ पढाई हुने विषयहरुका बारेमा सहजीकरण गरेका थिए  ।WhatsApp Image 2022-08-24 at 5.59.36 PM (1)
उक्त परामर्शबाट आफुलाइ उच्च शिक्षा  अध्ययनका सन्दर्भमा रहेका अन्यौलहरु स्पष्ट भएको सहभागी बिद्याथीहरुले बताएका छन । संस्थाले विभीन्न विश्वविद्यालयका शिक्षकद्धारा विद्यार्थीलाइ परामर्श प्रदान गराउँदै आएको बताउँदै संस्थाका प्रबन्धक निर्देशक कमल तिम्सिनाले जानकारी दिए ।
उनले आगामी दिनमा पनि विद्यार्थीको सहजीकरणका लागी संस्थाले अन्य कार्यक्रमहरु पनि संचालनमा ल्याउने वताए ।   इटहरी स्थित आफ्नै कार्यालयमा एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर आयोजना गरिएको थियो   ।