इटहरी । एकीकृत सरकारी कर्मचारी संगठन नेपाल जिल्ला कार्यसमिति सुनसरीद्धारा प्रकाशित “राष्ट्रसेवक काव्यकुञ्ज” कविता संग्रह विमोचन गरीएको छ । 

शनिवार इटहरी स्थित होटल त्रियुगाको सभाहलमा आयोजित एक कार्यक्रमका बिच पुस्तकको विमोचन गरीएको हो ।

सरकारी सेवामा रही जनतालाइ सेवा प्रवाह गर्ने कर्मचारीहरुका रचनाहरुलाइ पुस्तकमा समेटीएको छ ।vlcsnap-2022-07-30-17h12m43s488

 देशभरी हाल कार्यरत सरकारी कर्मचारी साथै सेवा निवृत्त कर्मचारीद्धारा रचीत कविता समावेश गरीएको उक्त पुस्तकमा शताब्दी पुरुष सत्यमोहन जोशी देखी लिएर नयाँ पुस्ताका सरकारी कर्मचारी साथै सेवा निवृत कर्मचारी गरी १२३ जना कविको कविता समावेश छन ।

एकीकृत सरकारी कर्मचारी संगठन नेपाल जील्ला कार्यसमिति सुनसरीका अध्यक्ष गणेश प्रसाद भट्टराइको अध्यक्षता तथा प्रदेश १ का सामाजीक बिकास मन्त्री राजन राइको प्रमुख आतीथ्यतामा कार्यक्रमको आयोजना गरीएको थियो । उक्त कार्यक्रममा प्रेम प्रकाश उप्रेती,केशव खतिवडा,देवान किराती,टीका आत्रेय,कविता राइ,बिराट अनुपम लगायतले कविता वाचन गरेका थिए ।