इटहरी ।  हिन्दु धर्मालवम्वी महिलाहरुको महान चार्ड तिज नजिकीएसंगै जित लक्षित गीतहरु सार्वजनिक हुने गरेका छन । यस वर्ष पनि तिज नजिकी रहेको समयमा जितका गीत सार्वजनिक हुने क्रम वढेका छन । इटहरीकी चर्चित लोक तथा दोहोरी गायिका गंगा गौतमले पनि तिज गीत छोरी ल्याउने भएकी छन ।

     लोक, लोक दोहोरी, मारुनी, काठे भाका, ट्राफिक जनचेतना मुलक गित , तिज, तिहार , वातावरण लगायतका  विषयवस्तु समेटीएका ५० भन्दा वढी गीतहरु गाएर चर्चित बनेकी गंगा गौतम आचार्यको तिज गीत छोरीको छायाँकन सकिएर सार्वजनिक गर्न लागेकी हुन ।vlcsnap-2022-07-28-14h38m43s774

   राजकुमार बगरको शब्द लय , सुमन सागर र जगं केसीको निर्देशन कमल सौरागको एरेन्ज तथा गायिका गौतमको स्वर रहेको तिज गित शुक्रवार सार्वजनिक गरिने गायिका गौतमले जानकारी दिइन ।vlcsnap-2022-07-28-14h40m06s528

 काठमाडौंको बालाजुमा छाँयाकन गरिएको तिज गीत छोरीमा चर्चित हास्य कलाकार दिपाश्री निरौलाका साथै कविता आले लगायतका कलाकारहरुको नृत्य तथा अभिनय रहेको छ ।