हरिनगर  ।   सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर २ साबिकको रामनगर भुटाहा ७ मा रहेको सुनसरी खोलामा बर्षाको पानीले सडकमा प्वाल परेको छ । भुटाहा देखी भारतको बस्मतिया जोड्ने बाटोमा पर्ने सुनसरी खोलामा पुलको अगाडिनै पट्टी सडकमा प्वाल परेको छ ।

सो बाटो हुदै दैनिक हिड्ने मानिसहरु आवतजावत गर्न समस्या परिरहेको छ । हरिनगरको भुटाहा बजार देखी भोक्राहा नरसिंह गाउँपालिका जोड्ने भारतको बसमतियामा रहेको पुल को छेउमा बर्षाको पानीले गर्दा प्वाल परेको १५ दिन बितिसक्दा पनि मर्मत हुन सकेको छैन । हरिनगर र भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ८ जोड्ने सुनसरी खोलाको पुल पुलको अवस्था पनि जिर्ण भएको छ ।

खोलामा बाढी आएलगत्तै उक्त पुल जोखिममा छ । जोखिम बन्दै गएको पुल मर्मत नहुँदा दैनिक आवतजावत गर्ने विद्यार्थी र अन्य मानिसहरूले समस्या भोगिरहेका विद्यार्थी उमेश मेहताले बताए । पुल बन्दै गएको भएपनि गाउँपालिका र वडाले समेत बेवास्ता गर्दा समस्या आइरहेको भुटाहाका बिमल कुमार शर्माले बताइन् ।

पुलका अगाडि सडकमै प्वाल भएको कारण साईकलमा आवतजावत गर्न पनि निकै कठिन भएको र पुल  जिर्ण अवस्थाकै कारण लडनसकिने भोक्रहा नर्सिङ गाउँपालिका वडा नम्बर ८ बाट श्री बालकृष्ण मा .बि  हरिनगर १ कक्षा १० मा अध्यायनका लागि विद्यालय जाने उर्मिला साहको बताईन ।