संखुवासभा  ।  संखुवासभाको धर्मदेवी नगरपालिकाले नगरका सहकारीहरुलाई व्यवस्थित गर्ने कार्य सुरु गरेको छ ।

नगरमा रहेका सहकारीहरुलाई व्यस्थित गर्ने उद्देश्यका साथ नगरपालिकाले सहकारीका पदाधिकारी र कर्मचारीहरुलाई तालिम सञ्चालन गरेको छ । नगरमा रहेका कतिपय सहकारीहरु बन्द हुने अवस्थामा रहेकाले सबै सहकारीहरुलाई पुनरजागरण गराउने उद्देश्यले नगरपालिकाले पदाधिकारी र कर्मचारीहरुका लागि तालिम सञ्चालन गरेको हो । आइतबारदेखि सुरु भएको ७ दिने तालिममा सहकारीको लेखापालन र व्यवस्थापन सम्बन्धि प्रशिक्षण प्रदान गरिनेछ । तालिममा सहभागी प्रशीक्षार्थीहरुले समेत नगरपालिकाले लेखा र व्यवस्थापन सम्बन्धि तामिल प्रदान गरेकोमा खुशी व्यक्त गर्दै तालिम उपलब्धिमुलक रहेको बताएका छन् ।      289848003_600459678173618_8695945267051849637_n

मोरङ मिडिया एण्ड सर्भिस प्रा. लि. सुन्दरहरैंचाको आयोजना तथा धर्मदेवी नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिममा प्रशिक्षकहरु सुमन पौडेल र मातृका तिवारीले सहजिकरण गरिरहनु भएको छ । नगरबासीको आर्थिक अवस्था सुधार गर्नका लागि सहकारीहरु नै भरपर्दो माध्यम भएकाले सहकारीहरुलाई व्यवस्थित गरि उत्पादनमा जोड्नेतर्फ नगरपालिका लागि परेको नगर प्रमुख उदयचन्द्र पौडेलले जानकारी दिनुभयो ।290155061_583888776491749_7579029918341161162_n