मोरङ ।  सामाजिक नेतृत्वका साथै युवाहरुको व्यक्तित्व विकासमा जोड दिदै विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको लाइन्स कल्ब अफ बासबारीले आयोजना गरेको उद्योषणकला तालिम समापन भएको छ ।

सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयमा आयोजित ६ दिवसीय उद्योषणकला तालिम प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै समापन भएको हो ।

  तालिममा सभा समारोह सञ्चालन गर्दा कसरी प्रभावकारी बनाउ सकिन्छ कार्यक्रमलाई आकर्षक रुपमा सञ्चालन गर्ने लगायतका उद्घोषकला सम्वन्धी विविद्य विषयमा प्रदिप विष्टले सहजिकरण गरेका थिए । कार्यक्रम सञ्चालन गर्ने देखि लिएर आफुले सभा सम्मेलनमा बोल्नु पर्दा कसरी बोल्ने लगायतका विषय केन्द्रीत प्रशिक्षण दिएको प्रशिक्षक विष्टले जानकारी दिए ।IMG-5286 (1)

तालिममा सहभागीहरुले सुरुमा दुई चार जना भेला भएको ठाउँमा उभिएर बोल्न समस्या हुने गरेकोमा तालिम लिएपछि निर्धक्कका साथ बोल्न सकिने भएको प्रशिक्षार्थी आशिष सुन्दास वताउछन ।

तालिममा  लाइन्स कल्ब अफ बलिया , लाइन्स कल्ब अफ सलकपुर , लाइन्स कल्ब अफ मोरङ , लाइन्स कल्ब अफ इटहरी बुद्ध लियो क्लव अफ बाँसवारी समेतका ३५ जना प्रशिक्षार्थी रहेको कार्यक्रमका  सभापति लायन्स क्लव अफ बासबारीका अध्यक्ष प्रकाश सिग्देलले जानकारी दिए  ।