उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले भौतिक पुर्वाधार निर्माणमा वडास्तरीय ३ लाख  र नगरपालिका स्तरीय ५ लाख भन्दा माथिका योजना मात्र बनाउने भएको छ ।

नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा बुधबार बसेको आठौँ नगरसभामा आगामी आर्थिक वर्ष २०७९/८० को आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख मिना खतिवडा पौडेलले सो नीति अवलम्बन गर्ने जनाउनुभएको छ । सडक लगायत भौतिक पुर्वाधारको निर्माण दिगो र गुणस्तरीय हुने गरी निर्माण गरिने भएको छ ।

दिर्घकालिन रुपमा लाभ लिन सकिने ठुला प्रकृतिका योजना लगायत नगर गौरवका योजनाहरुको तर्जुमा र कार्यान्वयनमा प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । असार १० गते शुक्रवार बजेट सार्वजनिक हुनेछ ।