धरान । मेयर हर्क राज राईले धरानलाइ स्वच्छ र सफा बनाउन अभियाननै चलाइरहेको  बेला  हङकङमा रहेका धरानका चार जनाले सहयोग गरेका छन् ।

 हाल हङकङमा रहेका धरान १५ निवासी विष्णुकुमार राई र श्रीमति दिपा लिम्बु साथै, धरान १९ निवासी राजन लिम्बु र सरस्वती लिम्बुले धरानलाई सहयोग गरेका हुन् ।

उनीहरुले पठाएको रकमबाट ३४ थान डस्विन उपमहानगरपालिका प्रमुख हर्क राज राईलाई हस्तान्तरण गरिएको छ । धरान ११ निवासी शोभा राईले दाताहरुको सहयोग डस्विन मेयर साम्पाङलाई हस्तान्तरण गरिन् ।vlcsnap-2022-06-22-15h46m59s588

आफु जन्मिएको स्थान धरान सफा, स्वच्छ र सुन्दर रहोस भन्ने उद्देश्यले र धरानलाई सफ र स्वच्छ राख्ने मेयर साम्पाङको अभियानबाट प्रभावित भएर हङकङबाट सहयोग गरेको दाताहरुका प्रतिनिधि शोभा राईले जानकारी दिइन्। 

 मेयर राइले पनि दाताहरुलाई धन्यवाद व्यक्त गर्दै धरानलाई सफा, सुन्दर बनाउने आफ्नो अठोट रहेको बताए । उनले सबै नगरबासीले आफ्नो घर, आँगन र घर अघिको बाटो सफा राखेमा पुरै नगर सफा हुने पनि बताए ।vlcsnap-2022-06-22-15h47m03s996

फोहोर व्यवस्थापनमा नै करोडौ रुपैया खर्च भइरहेको भन्दै मेयर साम्पाङले नगरबासी आफै जिम्मेवार भएर फोहोर व्यवस्थित गरेमा त्यो रकम अन्य विकास निर्माण वा सामाजिक कार्यमा खर्च गर्न सकिने पनि बताए । मेयर साम्पाङले दाताहरुबाट प्राप्त भएको डस्विनलाई आवश्यक पर्ने चोकहरुमा राखिने पनि बताए ।